नियम ४
प्रतिष्ठान स्तरको ट्रेड युनियन दर्ताको प्रमाणपत्र :
ट्रेड युनियन दर्ता गराउनको लागि पंजिकाधिकारी समक्ष दरखास्त परेमा पंजिकाधिकारीले सोही नियमको उपनियम (२) मा उल्लेखित विवरणहरू तथा ऐनको दफा ६ बमोजिम मागिएको थप विवरणहरू समेत जाँचबुझ गरी रीत नपुगेको हेरी ऐनको दफा ३ को उपदफा (३)
बमोजिम त्यस्तो प्रतिष्ठानस्तरको टे«ड युनियनलाई दर्ता किताबमा दर्ता गरी अनुसूची–२ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।